
काठमाण्डु,३ चैत– नेकपा एकीकृत समाजवादी का उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टीले रोजेर मन्त्रालय लिने र अनि मात्र आफ्नो दल सरकारमा जाने बताएका छन् उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।
पाण्डेले कम्तिमा ३ मन्त्रालय लिएर आफूहरु सरकारमा जाने बताएका छन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री लिएपछि कांग्रेसले राष्ट्रपति र जसपाले उपराष्ट्रपति रोजेर लिएको भन्दै उनले भने, ‘अब सरकारमा रोज्ने पालो हाम्रो छ । हामी रोजा मन्त्रालय, एक नम्बर ठानिएको मन्त्रालय लिन्छौं ।’
गृहतर्फ संकेत गर्दै उनले रोजेको मन्त्रालय लिने र डेभलपमेन्ट र सर्भिस समेत गरेर ३ वटा मन्त्रालय लिएर सरकारमा जाने बताएका छन । यद्यपि ककसलाई सरकारमा पठाउने, कसको नेतृत्वमा जाने भनेर पार्टीमा कुनै छलफल नभएको उनले बताएका छन ।