
काठमाण्डु,३ चैत– उपराष्ट्रपति पदका उम्मेदवार एवं जनता समाजवादी पार्टीमा नेता रामसहायप्रसाद यादवले उपराष्ट्रपतिमा आफू विजयी भएमा राष्ट्रिय एकताको प्रवर्द्धन र संविधानको रक्षा गर्ने बताएका छन ।
आज (शुक्रबार) उपराष्ट्रपतिका लागि मतदान गरिसकेपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।
उनले संविधानको पालना गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्ने र इमान्दारितापूर्वक जनताको पक्षमा काम गर्ने बताएका छन । उनले भने, ‘संविधानमा राष्ट्रपतिरउपराष्ट्रपतिको काम कारबाहीको बारेमा उल्लेख बताएका छन ।
राष्ट्रिय एकताको प्रवर्द्धन, संविधानको रक्षा गर्नेछु । संविधानको पालना गर्ने कुरामा मेरो प्राथमिकता हुनेछ । नेपाललाई समतामुलक समृद्ध मुलुकको रुपमा विकसित गर्न मेरो भूमिका रहनेछ ।
म इमान्दारितापूर्वक जनताको पक्षमा काम गर्नेछु ।’ यादवले आफू नै सत्ता गठबन्धनको सर्वसम्मत उम्मेदवार भएको पनि बताएका छन । सबैले आफूलाई नै मत दिने विश्वास व्यक्त गरेका छन ।
उनले भने, ‘गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार म नै हो । अब हाम्रो पूर्ण विश्वास छ, गठबन्धनका सबै सदस्यहरुले मत दिएर मलाई जिताउनु हुनेछ, । ’ १० दलीय गठबन्धनबाट जनमत पार्टीकी ममता झा र एमाले पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लाई उम्मेदवार बनाएको छ ।