बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले ८ चैतमा विश्वासको मत लिने

काठमाण्डु टुडे २०७९ चैत २ गते १५:०३ मा प्रकाशित

काठमाण्डु, २ चैत– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले ८ चैतमा विश्वासको मत लिने भएका छन्। उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन ।

२६ पुसमा बागमती मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । तर केन्द्रमा भएको सता फेरबदलका कारण केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको थियो ।

त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो । बागमती प्रदलेश सरकारको वर्तमान मन्त्रिपरिषद्मा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us