
काठमाण्डु,१ चैत– मध्यपश्चिम विश्वविद्यालयमा ३ चैत्रका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन स्थगित भएको छ ।
मंगलबार विश्वविद्यालय अन्तर्गतको का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए। उच्च अदालत सुर्खेतले अर्को आदेश नहुने बेलासम्म स्ववियु निर्वाचन स्थगित हुने भएको छ ।
८ चैत्रमा दुबै पक्षलाइ ऊच्च अदालत सुर्खेतमा ऊपस्थित हुनु आदेश पनि जारी गरीएको छ । ‘स्कुल अफ मेनेजमेन्ट’ मुसोम मा अध्ययनरत ३ जना विद्यार्थीले मध्यपश्चिम विश्वविद्यालय लगायत पाँचवटा कार्यालका विरुद्ध उच्चद अदालत सुर्खेतमा रिट दायर गरेका थिए ।