नयाँ प्रशिक्षक आएपछि नेपाली टोलीले गति लियो: सन्दीप लामिछाने

काठमाण्डु टुडे २०७९ फागुन २९ गते १५:४९ मा प्रकाशित

काठमाण्डु,२९ फागुन– क्रिकेटर सन्दीप लामिछानेले मोन्टी देशाईले नेपाली टोली सम्हालेपछि टोली सकारात्मक तरिकाले अगाडि बढिरहेको र यही टोलीले जिम्बाबे यात्रा गर्ने बताएका छन छन ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सोमवार सम्पन्न खेलपछिको पत्रकार सम्मेलनमा कुरा गर्दै उनले यस्तो बताएका हुन ।

नेपाली टोलीका स्पिनर लामिछानेले अहिलेको टोली सकारात्मक तरिकाले अगाडि बढिरहेको पनि बताएका छन । उनले केही समयअघि नेपाली टोली कठिन अवस्थामा रहेको र नयाँ प्रशिक्षकको आगमनसँगै टोलीले नयाँ गति लिएको बताएका छन ।

यही टोलीमा खेलाडी राम्रो तालमेल रहेको भन्दै आगामी दिनमा नेपाली क्रिकेट राम्रो हुने बताएका छन । आज सोमवार पिएनजीबिरुद्ध ९ विकेटको फराकिलो जित निकाल्दा नेपाल अब विश्वकप छनोट पुग्न एक कदम मात्र टाढा छ ।

सन्दीपले यही खेलमा ५ विकेट निकाल्दा प्लेयर अफ दि म्याच पनि घोषित भएका थिए । यस्तै अर्का स्पिनर ललितनारायण राजवंशीले सन्दीप सम्मिलित टोलीमा दुई स्पिनरबीच अट्याकीङ र रन रोक्ने रणनीतिमा तालमेल बनाउँदै खेल सहज हुने बताएका छन ।

उनले प्रशिक्षक रणनीति अनुसार खेल्न पाउँदा आफूm खुसी रहेको बताएका छन । नेपालका लागि अर्धशतकीय पारी खेल्दै जित दिलाउनुभएका ओपनर आसिफले सहज बललाई खेल्ने र कठिन बललाई सामना मात्र गर्ने रणनीति भएपनि परिस्थिति अनुसार खेल्दा पिएनजीविरुद्ध सहज सफलता मिलेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us