सरकारमा जाने तयारी छैन: रवि लामिछाने

काठमाण्डु टुडे २०७९ फागुन २९ गते १२:१५ मा प्रकाशित

काठमाण्डु,२९ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने बताएका छन । आज सोमबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन ।

उनले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्ने काम भइरहेको बताएका छन । उनले भने, ‘सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।’

उनले सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताएका छन । उनले भने , ‘अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन ।’

उनले रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको बताएका छन । आफ्नो दलको राजनीतिक अभ्यास सुरुआती चरणमा रहेको पनि उनले बताएका छन ।

सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा अब के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल हुने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us