
काठमाण्डु, २८ फागुन -आइतवार सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा भयको बस दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये ३ जनाको सनाखत भएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ का ३२ वर्षीय पेशल भुजेल, मानेभञ्ज्याङ गाउँपालिका–६ का २४ वर्षीय देवबहादुर सार्की र उदयपुरको कटारी नगरपालिका–२ का ३४ वर्षीया कुमारी मगर रहेका छन् ।
दुर्घटनामा ३ महिला र ३ पुरुषको मृत्यु भएको थियो । ओखलढुंगाबाट काठमाण्डु आउँदै गरेको बा२ख ६५९६ नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो। बसमा चालकसहित ३६ यात्रु सवार थीय। १६ जना घाइतेलाई उपचारका लागि काठमाण्डु पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवाले जानकारी दिय।
जस्मा ८ जनालाई हेलिकोप्टरमा तथा ८ जनालाई एम्बुलेन्समार्फत काठमाण्डु पठाइएको सिलवाले बताय। सामान्य घाइते १४ जनाको खुर्कोट अस्पतालमा उपचार भइरहेको छ ।