
एजेन्सी– पाकिस्तानमा गएको २४ घन्टा यता भएका सडक दुर्घटनामा परी कम्तीमा पनि सात जनाको मूत्यु भएको छ । साथै ती दुर्घटनामा परेर अरु २३ जना घाइते भएका छन् ।
यहाँ भएका दुई फरक सडक दुर्घटनामा परेर उनीहरुको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको झोब जिल्लामा आइतबार साँझ सडकमा गुडिरहेका बस एक आपसमा ठोकिएर भएको दुर्घटनामा परेर चार जनाको मूत्यु भएको थियो ।
सो दुर्घटनामा परेर अरु केही व्यक्ति घाइते पनि भएको पनि बताइएको छ । त्यसैगरी पाकिस्तानको उत्तरी चिलास नगरमा शनिबार राति भएको अर्को दुर्घटनामा परेर तीन जनाको मूत्यु भएको छ भने २० जनाभन्दा बढी यात्रु घाइते भएका थिए । सो स्थानमा बस खोँचमा खसेको थियो । त्यसमा रहेका २० जना भन्दा बढी यात्रु घाइते भएका जानकार िदिइएको छ ।