भ्रष्टाचारविरुद्ध लड्न इमान्दारिता र प्रतिबद्धता चाहिन्छ: गणेश तिमिल्सिना

काठमाण्डु टुडे २०७९ फागुन १९ गते १७:२० मा प्रकाशित

काठमाण्डु,१९ फागुन– राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले भ्रष्टाचारविरुद्ध लड्न आफ्नो इमान्दारिता र प्रतिवद्धताबाट शुरु गर्नुपर्ने बताएका छन ।

आज (शुक्रबार) भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन ग्लोबल अर्गनाइजेसन अफ पार्लियामेन्टस अग्नेस्ट करप्सन नेपाल च्याप्टर र संघीय सांसदहरुबीच ‘भ्रष्टाचारविरूद्ध अन्तर्राष्ट्रिय अभियान र राष्ट्रिय कार्यादेश सम्बन्धी’ विशेष छलफलमा उनले यस्तो बताएका हुन ।

उनले साथै उनले सार्वजनिक पदधारण गरेका व्यक्तिले कानुनी व्यवस्था अनुसार समयमा सम्पत्ति विवरण बुझाउनु पर्ने र सम्पत्ति घट्बढ भए अनिवार्य प्रभावकारी जाँच गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यसक्रममा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायहरुको प्रभावकारीता बढाउन सबैले सोच्नुपर्ने समय आएको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय सहमति बनाएर अघि बढ्न ढिलो गर्ननहुने बताएका छन ।

कार्यक्रममा उपसभामुख इन्दिरा रानालगायत विभिन्न दलका प्रमुख सचेतक, संसदीय दलका ६५ जना नेताहरुको उपस्थिति रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us