काठमाण्डु, ५ साउन– थाइल्यान्ड बस्ने भिसा अवधि समाप्त भएकाले पूर्वयुवराज पारस शाह नेपालआउने निश्चित भए पनि परिवारमा उनी पुनस्र्थापना हुने सम्भावना
अत्यन्तन्यून देखिएको छ। नेपाल आएपछि पारसले निर्मल निवासबाहिरै बास खोज्नुपर्नेअवस्था रहेको स्रोतले बतायो।
पारसको भिसा अवधि साउन २१ गते समाप्त हुनेभएकाले त्यसअघि नै उनी नेपाल आउने सम्भावना छ। अहिलेको स्थितिमा उनीपूर्वराजपरिवारमा फर्किने सम्भावना नभएको निर्मल निवास स्रोतले बतायो।यसबारे पारसलाई पनि जानकारी दिइसकिएको छ।
पत्नी हिमानीसँगको तिक्त सम्बन्ध रथाइल्यान्डमा प्रेमिकासँगको सहवासका कारण पनि पारसको सम्बन्धपूर्वराजपरिवारसँग सौहार्द नरहेको दाबी उनी निकटवर्तीले गरेका छन्। उनलाईपूर्वयुवराजका रूपमा नेपाल सरकारले दिने गरेको सुरक्षा सुविधासमेत कटौतीभइसकेको छ। पारसका निकटवर्तीले उनको नेपाल आगमन तथा सम्भावित बसाइप्रति पनिचिन्ता व्यक्त गरेका छन्।
पारस हृदयाघातका कारण गम्भीर अवस्थामाबैंककस्थित अस्पतालमा भर्ना भएका बेला पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानीकोमल परिवारका सबै सदस्यसहित त्यसतर्फ गएका थिए। स्रोतका अनुसार त्यहाँकोउपचार तथा बसाइका क्रममा मितव्ययी र सामान्य खर्च परिवारबाट प्राप्त भए पनिविभिन्न कारणले पारस र ज्ञानेन्द्रको सम्बन्ध मधुर नभएको अडकलबाजी बाहिरछ।
पूर्वराजा ज्ञानेन्द्र परिवारसँग प्राय:निर्मल निवासमा, यदाकदा नागार्जुन, शिवपुरी र सिमरामा समय बिताउँदै आएकाछन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार ज्ञानेन्द्र निर्मल निवासबाट अर्कोसाता केही दिनका लागि नागार्जुन जाने भएका छन्।
गाँजासम्बन्धी विवादका कारण गत साता पारस थाइल्यान्डमा पक्राउ परेका समाचार पनि सार्वजनिक भएका थिए।
अन्नपूर्ण पाेष्टबाट