राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी, राष्ट्रपतिको निर्वाचनबारे छलफछ हुने

काठमाण्डु टुडे २०७९ फागुन १५ गते १२:२३ मा प्रकाशित

काठमाण्डु,१५ फागुन– २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारा जारी छ ।

बैठकमा राष्ट्रपतिको निर्वाचनमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने विषयमा आज निर्णय लिने नेताहरुले जानकारी दिएका छन । साथै सरकारलाई दिएको समर्थन फिर्ता लिने की नलिने भन्नेबारे पनि बैठकले निर्णय गर्ने नेता हरुले बताएका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादपछि उनी उपप्रधानमन्त्री एवम् गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसलगत्तै रास्वपा सरकारबाट फिर्ता भएको थियो । तर सरकारलाई दिएको समर्थन अहिलेसम्म कायम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us