
काठमाण्डु,१४ फागुन– प्रहरीले कपिलवस्तुको शिवराज नगरपालिकामा १६ किलो चरेशसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका ९ बिजगौरी बस्ने मेघराज घर्ती रहेका छन ।
घर्तीको घरमा लागु औषध चरेस लुकाइ छिपाइ राखेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटा र ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडबाट संयुक्त रुपमा खटगएको प्रहरी अधिकृतको टोलीले उनलाई पक्राउ गरेको प्रहरी जानकारी दिएको छ ।
घर्ती मगरको घरमा खानतलासि गर्दा घर भित्र लुकाई छिपाई राखेको तौल गर्दा १६ किलो लागु औषध चरेश जस्तो देखिने हल्का कालो गिलो पदार्थ फेला पारेको प्रहरीले बताएको छ ।