नेपालगन्ज, ५ साउन– चरा समात्ने र बिक्री गर्ने पुख्र्यौली पेसा अँगाल्दै आएका बाँकेका ‘चिडिमार’ समुदायको पेशा संकटमा परेको छ ।
जंगलमा चरा लोप हुने अवस्था आएपछि उनीहरुको पेसा धरापमा परेको हो ।
वनका तित्रा, ढुकुर, बठेर, लुचिया, वनकुखुरा लगायतका चरा समात्ने र बिक्री गरी दैनिक जीवनयापन चलाउँदै आएका उनीहरु चरा पाइन छाडेपछि चिन्तित बनेका छन् । सीमान्तकृत तथा लोपोन्मुख समुदायको सूचीमा रहेको चिडिमार समुदायको संख्या बाँकेमा करिब तीन हजारको हाराहारीमा छ ।