
काठमाण्डु,१४ फागुन– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको आरोप लगाएका छन् ।
आज (आइतबार) काठमाण्डुमा भएको कार्यक्रममा ओलीले देश, जनता र सहयोद्धालाई धोका दिएका प्रचण्डले यसपटक आफूलाई पनि धोका दिएको बताएका छन ।
उनले भने, ‘ जनतालाई धोका दिनुभयो, सहयोद्धालाई धोका दिनुभयो, आफूलाई त्यस ठाउँमा aपुर्याउनेलाई धोका दिनुभयो भने मलाई धोका दिनु कुन ठूलो कुरा भयो र ?’ ।
प्रचण्डले ढाँट्न र छकाउन अप्ठ्यारो नमान्ने गरेको पनि ओलीले बताएका छन । उनले भने, ‘ उहाँ बोल्नुहुन्छ भाषा बेग्लै, गर्नुहुन्छ काम अर्को’ ओलीले भने, ‘हेर्नु देब्रेपट्टि हुन्छ, निशाना दाहिने पट्टि हुन्छ ।’
अस्तिका दिनसम्म पनि मसँग छकाउने भाषा बोल्नुभयो, उहाँले हातमा चक्कु लिएर बस्नुभएको थियो, मसँग यो फूल हो, तपाईँले चक्कु देख्नुभयो होला, यो फूल हो भन्नुभयो,’ मैले चक्कु देखेर पनि तपाईंले भनेपछि फूल नै हो भनेर बसेँ ।’
आलीले लोकतान्त्रिक सरकार बनाउ र जनताका समस्या समाधान गर्ने गरी अघि बढ्न प्रयास गरेको तर प्रचण्डकै कारण त्यो प्रयास असफल भएको ओलीले बताएका छन ।