
काठमाण्डु, १३ फागुन– नेपाली काँग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवा बनाउने निर्णय गरेको छ ।
शनिबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रपतिमा पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला आकांक्षी थिए । यसअघि शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलको बैठकले राष्ट्रपतिमा काँग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेको थियो ।
राष्ट्रपतिका लागि आजै उम्मेदवारी मनोनयन दर्ता हुँदैछ भने २५ फागुनमा निर्वाचन हुँदैछ ।