
काठमाण्डु,१२ फागुन– नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएको छ ।
आज (शुक्रबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको चार दलको बैठकबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएको नेताहरुले जानकारी दिएका छन ।बैठकमा सहभागी जसापका नेता राजेन्द्र श्रेष्ठले भने, ‘पुरानो गठबन्धन ब्युताउने सहमति ब्युँताउने सहमति भयो ।
राष्ट्रपति साँझ टुंग्याउछौं ।’ बुधबार साँझ कांग्रेस र नेकपा (माओवादी केन्द्र) पुरानो गठबन्धन ब्युँताउने सहमति भएको थियो । कांग्रेस र माओवादीबीच माधव नेपाल र उपेन्द्र यादवलाई सँगै ल्याएर पुरानो गठबन्धनलाई अगाडि बढाउने सहमति भएको थियो ।
जनमत र नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई नयाँ गठबन्धनमा समाहित गराउने चार दलबीच सहमति भएको छ । चुनावको केही समय अघिसम्म कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँच दलीय मोर्चा कायम थियो। कांग्रेस र माओवादीबीच एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पावर सेयरिङु मा कसरी मिलाएर जाने भन्नेबारे पनि छलफल भएको थियो।
आगामी पाँच वर्षभित्र नेपाललाई प्रधानमन्त्री बनाउने गरी सहमतिको खाका तयार पारिने एक नेताले जानकारी दिएका छन । यो सँगै पुस १० मा भने सात दलीय गठबन्धनको भविष्य संकटमा परेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टीसहितको गठबन्धन बनेको थियो ।
फागुन १० मा आएर सात दलीय गठबन्धन विसर्जन गर्ने निष्कर्षमा प्रधानमन्त्री प्रचण्ड पुगेका छन् । सत्ता गठबन्धन भत्किएर पाँच दलीय गठबन्धन ब्यूँतिने परिस्थिति बन्दै गएको छ ।