एमालेले बोलायो सचिवालय बैठक

काठमाण्डु टुडे २०७९ फागुन १२ गते १३:१२ मा प्रकाशित

काठमाण्डु,१२ फागुन– एमालेले भाली शनिबार सचिवालय बैठक बोलाएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताएका छन ।

शनिबार बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बोलाइएको अधिकारीले जानकारी दिएका छन । राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन र २५ फागुनमा निर्वाचन हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us