बालुवाटार बैठक सकियो

काठमाण्डु टुडे २०७९ फागुन १२ गते १२:५१ मा प्रकाशित

काठमाण्डु,१२ फागुन– राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न बसेको चुनावअघिको गठबन्धनमा सम्बद्ध चार दलको बैठक सकिएको छ ।

राष्ट्रपतिबारे चार दलको बैठक सकारात्मक भएको नेताहरुले बताएका छन । आज बिहान साढे ८ बजेबाट प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा सुरु भएको बैठक मध्यान्ह साढे १२ बजे सकिएको हो ।

बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी रहेका थिए । यस्तै बैठकमा माओवादी केन्द्रबाट माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

भने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता घनश्याम भुसाल सहभागी छन् । यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ छलफलमा सहभागी रहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us