सांसद चौधरीको निलम्बन फुकुवा

काठमाण्डु टुडे २०७९ फागुन १२ गते ११:०६ मा प्रकाशित

काठमाण्डु,१२ फागुन– नागरिक उन्मुक्ति पार्टीका (नाउपा सांसद) अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएसँगै राष्ट्रपतिको निर्वाचनमा भाग लिन पाउने भएका छन ।

२५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनका लागि सांसद चौधरी निलम्बित भएका कारण मतदाता सूचीमा उनको नाम समावेश भएको थिएनन् । हिजो बिहीबार निर्वाचन आयोगमा सांसद चौधरीमाथि संसद्ले गरेको निलम्बन फुकुवाको पत्र पुगेसँगै उनको नाम मतादाता सूचीमा समावेश गरेर अन्तिम नामावली प्रकाशन गरिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन ।

सांसद चौधरी अदालतको आदेश कार्यान्वयन गराउनका लागि १९ माघमा पक्राउ परेका थिए । झन्डै १० वर्षअघि ट्याक्टरमा आगजनी गरेको घटनामा दोषी ठहर ६ महिना कैद र ८ लाख १९ हजार बिगो भराउनका लागि पक्राउ परेपछि उनी प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us