जसपालाई उपराष्ट्रपति दिन माओवादी केन्द्र सकारात्मक छ: यादव

काठमाण्डु टुडे २०७९ फागुन ११ गते १८:३५ मा प्रकाशित

काठमाण्डु,११ फागुन– जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूहरुलाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहेको बताएका छन ।

आज (बिहीबार) माओवादी केन्द्रका नेताहरुसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘जसपालाई उपराष्ट्रपति दिने कुरामा उहाँहरु सकारात्मक हुनुहुन्छ ।’

उनले जसपा र एकीकृत समाजवादीसँगको बैठक चलिरहेका बेला प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद बैठकमा सहभागी हुन गएका छन् । मन्त्रिपरिषद बैठकपछि पुन ३ दलको बैठक बस्ने अध्यक्ष यादवले बताएका छन । छलफलमा एकीकृत समाजवादीले राष्ट्रपतिमा दाबी गरेको यादवले जानकारी दिएका छन ।

उनले अहिलेको सत्ता गठबन्धन टुट्न लागेको हो भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष यादवले अहिले नै टुंगो नभएको बताएका छन । ‘जबसम्म अहिलेको सरकार साझेदार दलहरुले लाइन क्लियर हुँदैन तबसम्म नयाँ पुरानो के अर्थ हुन्छ र ?’ उनले भने, ‘को कता भन्ने लाइन क्लियर भएको छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us