
काठमाण्डु,११ फागुन– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली कांग्रेसलाई राष्ट्रपति दिँदा नै राष्ट्रिय सहमति हुने बताएका छन ।
आज (बिहिबार) गृहजिल्ला भोजपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले नेकपा माओवादीले प्रधानमन्त्री, एमालेले सभामुख, राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख लिइसकेकाले अब कांग्रेसलाई राष्ट्रपति र एकीकृत समाजवादीलाई उपराष्ट्रपति दिँदा राष्ट्रिय सहमति हुने बताएका छन ।
उनले भने, ‘राष्ट्रिय राजनीतिको वर्तमान अवस्था, जनताको स्थिति, निर्वाचनबाट प्राप्त जनादेशले र संविधानको भावना राष्ट्रपति राष्ट्रिय एकताको प्रतीक भएको हुनाले राष्ट्रिय सहमतिबाटै राष्ट्रपति बन्नुपर्छ।’