
काठमाण्डु,११ फागुन– राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न नेकपा (माआवादी केन्द्र) र जनता समाजवादी पार्टीक नेताहरुबीच भेटवार्ता सुरु भएको छ ।
सिंहदरबारमा भएको भेटमा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव शक्ति बस्नेत सहभागी रहेका छन । जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी छन् ।
उनीहरुले राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न लागेका हुन् । यसअघि बिहीबार नै माओवादी र एकीकृत समाजवादीका नेताहरुबीचा भेट भइसकेको छ । बिहीबार नै माओवादी, जसपा र एकीकृत समाजवादीबीच अर्को छलफल तय भएको नेताहरुले बताएका छन् ।