चुस्त न्याय सम्पादनका लागि पूर्वाधार जरुरी : प्रधानन्यायाधीश

काठमाण्डु टुडे २०७१ साउन ४ गते १३:०७ मा प्रकाशित

डडेल्धुरा, ४ साउन – प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले पूर्वाधारको विकासबिना न्याय सम्पादन चुस्त हुननसक्ने बताएका छन् ।

Damodar-Prasad-Sharmaजिल्ला अदालत डडेल्धुराको आइतबार निरीक्षणपछि प्रधानन्यायाधीश शर्माले पछिल्लो समय न्याय सम्पादनलाई छिटोछरितो बनाउने प्रयास गरिएको दाबी गरे ।

उनले सर्वोच्च अदालतको रणनीतिक योजनाले पूर्वाधार विकासमा प्राथमिकता दिएको बताए ।

“न्यायालयमा पूर्वाधार नै छैन भने न्याय सम्पादन कसरी चुस्त होला”–प्रधानन्यायाधीश शर्माले भने –“यसका लागि सरकारले पनि बजेट विनियोजनमा ध्यान दिनुपर्दछ ।”

“धेरैजसो जिल्ला अदालतका आफ्नै भवन पनि छैन”–शर्माले भने–“अब असल पूर्वाधारसहित सक्षम न्यायालय निर्माण गर्नुपर्दछ ।” रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us