युवाहरूमाथि सिङ्गो राष्ट्रको भरोसा छ: प्रचण्ड

काठमाण्डु टुडे २०७९ फागुन ११ गते १२:४६ मा प्रकाशित

काठमाण्डु,११ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन ।

आज (बिहीबार) बिहान काठमाण्डुको टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

प्रभानमन्त्री प्रचण्डले युवामाथि भरोसा भएको बताएका छन । उनले भने, ‘सर्वोत्कृष्ट समाजको निर्माणका लागि यसै युवा अवस्थामा तपाईंहरूले आफ्नो मनोवल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोअनुरूपको कार्यभार पूरा गर्न सवल नागरिक बन्ने कार्य पनि उत्तिकै महत्वपूर्ण छ ।’

उनले देशभित्र विद्यमान विविध भाषा, संस्कृति, भेषभुषा एवं विशेषताहरूको जानकारीले आफ्नो देशप्रतिको गौरव बढाउनुका साथै राष्ट्रिय एकताको भावनामा थप प्रतिबद्धताको विकास हुने विश्वास लिएको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us