
काठमाण्डु,११ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता जारी छ ।
माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदबारमा आज बिहीबार मध्यान्ह उनीहरु छलफलमा जुटेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालसँग छलफलमा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागी भएका छन ।
राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने विषयमा उनीहरुबीच छलफल भइरहेको बताइएको छ । हिजो बुधबार अध्यक्ष नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो ।
हिजो साझ कांग्रेस नेताहरुले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए । कांग्रेस र माओवादी केन्द्रबीच आज साँझसम्म पुरानो गठबन्धन ब्युँताउने गरी छलफल अगाडि बढेको छ । यस्तका लागि प्रधानमन्त्री प्रचण्ड र नेपालबीच छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।