पाँच दलीय गठबन्धन ब्युँताउने तयारी, सत्ता गठबन्धन विभाजनतिर

काठमाण्डु टुडे २०७९ फागुन ११ गते ११:३२ मा प्रकाशित

काठमाण्डु,११ फागुन– राष्ट्रपतिको बिषयमा सहमति जट्न नसकेपछि सत्ता गठबन्धन भत्किने अन्तिम अवस्थामा रहेको छ । हिजो बुधबार साँझ बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताहरुसँगको छलफलमा पाँच दलीय गठबन्धन ब्युँताउनेबारे छलफल सुरु भएको बताइएको छ ।

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने नेकपा माओवादी केन्द्रको अडान लिएपछि सत्ता गठबन्धनमा विवाद तानीएको छ । तर, ओलीले आफैले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बनाउनेगरी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रस्ताव गरेका थिए। तर, ओलीले राष्ट्रपतिमा माधव नेपालको नाम अघि सारेर पाँच दलीय गठबन्धनमा असहमति बढाउन खोजेको नेकपा माओवादी केन्द्रको बुझाइ छ ।

हिजो बुधबार साँझ कांग्रेस नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का लगायत नेताहरु बालुवाटारमा भेटवार्ता गरेका थिए । बैठकमा राष्ट्रपतिमा सहमति जुटाएर पाँच दलीय गठबन्धन ब्युताएर अघि बढ्नेबारे छलफल भएको माओवादीका एक पदाधिकारीले जानकारी दिएका छन ।

उनले १३ गतेसम्ममा पाँच दलीय गठबन्धनलाई ब्युताएर अघि बढ्नेबारे सहमति हुनसक्ने बताएका छन । उनले बाहिर चर्चामा आएजस्तो आजै लिखित सहमति गर्ने भन्ने नरहेको पनि बताएका छन । उनले अझै समय भएको र आफु हरु राष्ट्रिय सहमतिको पक्षमा भएको बताएका छन ।

उनले परिस्थिती नबने फेरी पुरानो गठबन्धनलाई अगाडि बढाउँदा उपयुक्त हुन्छ भन्ने अनौपचारिक निष्कर्षमा पुगेका बताएका छन । उनले त्यसबारे छलफल हुने बताएका छन । यस्तै, कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत पनि बालुवाटार छलफल सरकारात्मक रहेको प्रतिक्रिया दिएका छन ।

उनले भने, हामीले पाँच दलीय गठबन्धन भन्दापनि राष्ट्रपतिमा समर्थन जुटाउनेबारे छलफल गरेको थियौं। त्यो सकारात्मक रुपमा अगाडि बढेको छ। आज थप पार्टीमा छलफल हुन्छ। उनले कांग्रेसबाटै राष्ट्रपति हुने पनि बताएका छन । हिजो बुधबार कांग्रेस नेताहरु बालुवाटार जानुअघि नेकपा एसका अध्यक्ष माधव नेपालसहित महासचिव वेदुराम भुसाल, घनश्याम भुसाल र प्रवेश हमाल देउवा निवास, जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए।

कांग्रेसबाट राष्ट्रपतिमा सभापति देउवासहित राचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको चर्चा छ। त्यसबारे निर्णय लिन कांग्रेसले आज कार्यसम्पादन समितिको बैठक बोलाएको छ। यता, माओवादीका नेता गणेश शाह माधव नेपालको चर्चापछि पार्टीको औपचारिक बैठक नसकेपनि एमालेले खेलेको खेलको रुपमा बुझेको बताएका छन ।उनी भन्छन्, ‘आफूले राष्ट्रपति नपाउने देखेपछि आफैबाट फुटेर गएको पूर्वप्रधानमन्त्रीको नाम अगाडि बढाएपछि पुरानो गठबन्धनका दलहरुबीच असमझदारी पैदा गर्नका लागि एमालेले यो पासा थापेको हो।’

उनले ओली माओवादीसँग एकीकृत समाजवादीको दुरी बढाउनका लागि भ्रम फैलाएको पनि बताएका छन । एमालेले उठाएको उम्मेदवारलाई माओवादीले समर्थन नगर्ने नीति पार्टीले बनाइसकेको माओवादीका अर्का एक बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us