ललितपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

काठमाण्डु टुडे २०७९ फागुन ११ गते ८:४१ मा प्रकाशित

ललितपुर, ११ फागुन– ललितपुर महानगरपालिका–१३ कुसुन्तिस्थित सडकमा बा ८७ प ५९०१ र बागमती प्रदेश ०२–००२ प ९३७६ नम्बरका मोटरटसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा बा प्र ०२–००२ प ९३७६ नम्बरको मोटरसाइकल चालक धनुषा लक्ष्मीनिया घर भई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने २१ वर्षीय शिवम् यादवको मृत्यु भएको प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बा ८७ प ५९०१ नम्बरको मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने सोही मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us