
सुर्खेत, ११ फागुन– प्रहरी जवान कविन्द्र विक मृत अवस्थामा फेला परेका छन् ।
कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत विक गएराति गोली लागेको अवस्थामा मृत फेला परेका छन् । विकको कन्चटमा गोली लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतकी प्रहरी निरीक्षक झरना सुनारले जानकारी दिइन् । विकको शव पोस्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ ।
दार्चुलाका स्थायी बासिन्दा विकले आफैंलाई गोली हानेर आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । सुर्खेत प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ ।