
काठमाण्डु,१० फागुन– नेकपा एकीकृत समाजवादीका नेता एवं प्रतिनिधि सभाका सांसद प्रकाश ज्वालाले राष्ट्रपतिको पदका लागि आफ्नो पार्टीको दाबी रहेको बताएका छन ।
आज (बुधवार) संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन । ज्वालाले राष्ट्रपतिका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल योग्य भएको पनि बताएका छन ।
उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनका लागि उपयुक्त पात्र पनि अध्यक्ष नेपाल भएको बताएका छन । उनले भने, ‘ पछिल्लो समयमा राष्ट्रिय सहमतिका साथ राष्ट्रपतिको निर्वाचन गरौं भन्ने विषय छलफलमा छ, राष्ट्रिय सहमति जुट्नसक्ने पात्र पनि हाम्रो पार्टीकै नेता हुनसक्छन् ।’