
काठमाण्डु,१० फागुन– दाङ– ३ का प्रतिनिधि सभाका सांसद दीपक गिरीले लमही घोराही तुलसीपुर सडक समयमै नबन्दा २२ जनाको मूत्यु भएको बताएका छन ।
आज (बुधबार) प्रतिनिधि सभामा विशेष समय लिएर उनले यस्तो बताएका छन । उनले यस विषयमा सरकारको ध्यानाकर्षण समेत गराएका छन ।
उनले लमही घोराही तुलसीपुर सडक ३० महिनामा सकिने भनिएको चार वर्ष हुँदासमेत पूरा नभएको भन्दै सडक विभाग र सरकारले जवाफ दिनुपर्ने माग गरेका छन । उनले भने, ‘त्यो बाटो नबन्दा चार वर्षको दौरानमा त्यो बाटोबाट हिड्नेहरुमध्ये २२ जनाको मृत्यु भयो’ उनले अगाडि थपे, ‘वर्षामा हिलाम्मे हिउँदामा धुलाम्मे हुन्छ ।
यसबारे सरकार किन मौन रु यसको जवाफ कसले दिने हो रु सडक विभाग हो कि को हो ? वास्तविक कुरा आउनुपर्यो ।’