राष्ट्रपति निर्वाचनको लागि ८८१ जनाको नामावली सार्वजनिक

काठमाण्डु टुडे २०७९ फागुन १० गते १३:१२ मा प्रकाशित

काठमाण्डु,१० फागुन– आज निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति एवं उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको छ ।

यसमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश भएका छन । राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउँछन् । प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी आजै बिहान ११ बजेदेखि भोलि १२ बजेसम्म तोकिएको सहायक निर्वाचन अधिकृत अमृता कुमारी शर्माले जानकारी दिएका छन ।

सो समयमा पर्न आएका निवेदन तथा उजुरी उपर फागुन १२ गते ३ बजेसम्म छानबिन गरी ४ बजे अन्तिम नामावली प्रकाशन गरिने उनले बताएका छन । राष्ट्रपतिको पदको लागि फागुन १३ गते मनोनयन दर्ता र २५ गते निर्वाचन हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us