न्युयोर्कबाट दिल्लीका लागि उडेको एयर इन्डियाको जहाज स्विडेनमा आकस्मिक अवतरण

काठमाण्डु टुडे २०७९ फागुन १० गते १३:०६ मा प्रकाशित

एजन्सी- अमेरिकाको न्युयोर्कबाट भारतको राजधानी नयाँदिल्लीका लागि उडेको एयर इन्डियाको एउटा जहाज बुधबार बिहान स्विडेनको स्टकहोममा आकस्मिक अवतरण भएको छ।

एयर इन्डियाको उक्त जाहाज मा ३०० जना यात्रु सवार थीय। समाचार संस्था पिटिआईका अनुसार उडानका क्रममा जहाजको एउटा इन्जिनमा तेल लिक भएपछि जहाज आकस्मिक अवतरण भएको थीयो।

स्टकहोम विमानस्थलमा आपतकालीन उद्धारको लागि सबै तयारी पूरा गरिएको थियो। तर जहाज सामान्य रूपमा अवतरण भएको र सबै यात्रु सुरक्षित रहेको बताइएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us