अमेरिकामा वेल्डिङ कम्पनीमा विस्फोट, दुई जनाको मृत्यु, तीन जना घाइते

काठमाण्डु टुडे २०७९ फागुन १० गते १२:२६ मा प्रकाशित

एजेन्सी– अमेरिकाको फ्लोरिडाको एउटा वेल्डिङ कम्पनीमा मङ्गलबार भएको विस्फोट र आगलागीमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मियामीको डेड काउन्टीस्थित मेडलेमा रहेको उक्त कम्पनीमा विस्फोट हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको सुरक्षा अधिकारीहरूले जानकारी दिउका छन ।

दुर्घटनाको छानविन भइरहेको मियामी डेड प्रहरी विभागले बताएको छ । गत सोमबार ओहायो राज्यको बेडफोर्डस्थित धातु उत्पादन कारखाना विस्फोटको एक दिनपछि उक्त दुर्घटना भएको बताइएको छ ।

सोमबारको विस्फोटमा एक जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए । विस्फोटबाट सुम्यानको भौतिक संरचनामा व्यापक क्षति हुनाका साथै बेडफोर्ड वरपरको वायुमण्डल प्रदूषित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us