एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपति हुन्छ: राजन भट्टराई

काठमाण्डु टुडे २०७९ फागुन १० गते १२:१४ मा प्रकाशित

काठमाण्डु,१० फागुन– एमाले स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख डा राजन भट्टराईले एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपति बन्ने बताएका छन ।

आज प्रेस चौतारी नेपाल पाल्पाले तानसेनामा गरेको पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो बताएका हुन । नेता भट्टराईले अहिलेको सत्ता गठबन्धनमा पुस १० गते भएको सहमति अनुसार नै राष्ट्रपति निर्वाचन हुने बताएका छन ।

उनले केही नेताहरुले सहमति विपरीत गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाउँदै गत निर्वाचनबाट एमाले दोस्रो ठूलो रुपमा रहेको र सत्ता गठबन्धनमा ठूलो दल भएका कारण प्रधान्मन्त्री प्रचण्डलाई दिने र राष्ट्रपति तथा सभामुख एमालेलाई दिने सहमति अनुसार नै राष्ट्रपति निर्वाचनमा मतपरिणाम आउने बताएका छन ।

उनले एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरे पनि गरेका छन । उनले एमालेले कसलाई राष्ट्रपति बनाउँछ भन्ने विषय भने अझै नटुंगिएको बताएका छन । राष्ट्रपतिको निर्वाचनमा निश्चित र निर्वाचित सदस्यहरुबाटै मतदान गर्ने भएकाले पनि नाम टुंगाउन हतार नगरेको बताएका छन ।

नेकपा एसका अध्यक्ष एवं पूर्व प्रभानमन्त्री माधव नेपाललाई राष्ट्रपति बनाउने विषयमा पार्टीको धारणाबारे पत्रकारहरुको जिज्ञाशामा नेता भट्टराईले एमालले अघि सारेको अवस्थामा जुनसुकै व्यक्ति निर्वाचित हुने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us