
काठमाण्डु,१० फागुन– नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्न सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने महासचिव डा. बेदुराम भुसालले जानकारी दिएका छन ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेसम्म गरेका भेटवार्ता र विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्ने कार्यसूची रहेको उनले बताएका छन । राष्ट्रपतिको निर्वाचनबारे निर्णय गरेर अगाडि बढ्ने पनि भुसालले जानकारी दिएका छन ।
अध्यक्ष नेपाललाई नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको छ । एमालेको प्रस्तावलाई चासोका साथ हेरिएको छ । तर एकीकृत समाजवादीले कुनै निर्णय गरेको छैन ।