
काठमाण्डु,१० फागुन– राष्ट्रपति उम्मेदवारको विषयमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुबीच छलफल जारी छ ।
काठमाण्डुको धुम्बाराहीस्थित पूर्व प्रभानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा दुई दलका नेताहरुबीच छलफल जारी छ ।
लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको छ । ठाकुरको नाममा राष्ट्रिय सहमति कायम गर्न आग्रह गर्दै कांग्रेस शीर्ष नेतासँग छलफल गरेको लोसपा नेता केशवकुमार झाले जानकारी दिएका छन ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल २८ फागुन मा सकिन लागेकाले २५ फागुनमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।
निर्वाचनको तयारी जारी राखेको निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दैछ ।