जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

काठमाण्डु टुडे २०७९ फागुन ९ गते १८:२९ मा प्रकाशित

काठमाण्डु,९ फागुन– प्रहरीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गंगाजमुना गाउँपालिका–९ घर भई काठमाण्डुको नागार्जुन नगरपालिका–४ सितापाईला बस्ने ३४ वर्षीय सुरज अधिकारी रहेका छन ।

अधिकारीले ती किशोरीलाई काठमाण्डु महानगरपालिका–१५ कारखाना चोकस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई मंगलबार बिहान पक्राउ गरीएको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us