नवलपरासी, ४ साउन – पेट दुखेको औषधी भनी दिएको बिषादी सेवन गर्दा धकधही–७ बस्ने ५७ बर्षीय राम अवतार यादवको मृत्यु भएको छ ।
उनलाई साउनमा हकुई–२ बस्ने २५ बर्षीय राजेश अग्रहरीले आफ्नो घरमा ल्याई पेट दुखेको औषधी भनी बिषादी खुवाउदा असक्त भएकोले उपचारको लागि मेडिकल कलेज भैरहवा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
बिषादी खुवाउने फरार राजेश अग्रहरीको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।