राष्ट्रपतिको प्रस्ताव लिएर महन्थ ठाकुर पुगे प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार

काठमाण्डु टुडे २०७९ फागुन ९ गते १६:५१ मा प्रकाशित

काठमाण्डु,९ फागुन– राष्ट्रपतिको प्रस्ताव लिएर लोकतान्त्रिक समाजवादी पार्टी (लेसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् ।

आज मंगलबार बसेको शीर्ष नेताको बैठकले सहमतिमा अध्यक्ष ठाकुरलाई राष्ट्रपतिमा प्रस्ताव गर्ने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न उनी बालुवाटार गएका हुन । ठाकुरले आफ्नो साथमा वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्लालाई पनि लगेका छन ।

ठाकुरलाई राष्ट्रिय सहमतिको राष्ट्रपतिमा सहयोगका लागि प्रधानमन्त्रीसँग आग्रह गरिने सो पार्टीका कार्यकारिणी सदस्य एकवाल अहमदले जानकारी दिएका छन । राष्ट्रपतिमा काँग्रेस, एमाले, माओवादी केन्द्रमा एकअर्का दलहरुको बीचमा सहमति नबनरिहेको बेला राष्ट्रपतिमा ठाकुरलाई प्रस्ताव प्रधानमन्त्री प्रचण्डदेखि कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीसमक्ष राख्ने लोसपाको तयारी रहेको बताएको छ ।

लोसपाका नेताहरुले आज नभए भोलि बिहानसम्म देउवा र ओलीलाई पनि भेट्ने तयारी गरेको सो पार्टीका नेता मनिष मिश्रले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us