गाडीको ठक्करबाट बालकको मृत्यु

काठमाण्डु टुडे २०७९ फागुन ९ गते १२:०८ मा प्रकाशित

पर्सा,९ फागुन– पर्सामा गाडीको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मूत्यु हुनेमा ठोरी गाउँपालिका–४ विजयबस्तीका १३ वर्षीय विश्वास श्रेष्ठ रहेका छन ।

हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज–ठोरी सडकखण्डको विजयबस्तीमा बागमती प्रदेश नं १–०२७ च ०३०३ नम्बरको स्कारपियोले बिहान ८ बजे उनलाई ठक्कर दिएको प्रहरीले बताएको छ । स्कारपियोको ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा लगिएको थियो ।

उपचारको क्रममा बिहान सवा १० बजे अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन ।स्कारपियोसहित चितवन माडी नगरपालिका–३ घर भएका चालक पदम बिलास पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us