टर्कीमा फेरि शक्तिशाली भूकम्प

काठमाण्डु टुडे २०७९ फागुन ९ गते ७:४८ मा प्रकाशित

काठमाण्डु, ९ फागुन– टर्कीमा गएराति फेरि शक्तिशालि भूकम्प गएको छ ।

सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्र केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको हो ।

भूकम्पमा तीन जनाको मृत्यु भएको अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भूकम्पको धक्का सिरियामा पनि परेको छ । टर्की र सुरियामा गरी ६ सयभन्दा बढी मानिस घाइते भएका छन् ।

गत महिना गएको ७.८ रेक्टरको भूकम्पमा परी झण्डै ४५ हजार मानिसको ज्यान गएको थियो । अघिल्लो भूकम्पको राहत तथा उद्धारको कार्य नसकिँदै अर्को शक्तिशाली भूकम्प गएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us