
Interview with Nepal Communist Party (NCP) Chief Whip and the party’s Standing Committee member Dev Prasad Gurung, in Kathmandu, on Friday, February 15, 2019. Photo: Naresh Krishna Shrestha/THT
काठमाण्डु,८ फागुन– माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रपति दल विशेषको नहुने बताएका छन । आज सोमबार पार्टीको पदाधिकारी बैठकमा सहभागी हुनु अगाडि केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकाहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा एमालेलाई राष्ट्रपति दिने भनी गरेको सहमतिबाट माओवादी केन्द्र विमुख भएको हो भन्ने पत्रकारहरुको प्रश्नमा उनी कड्किएका छन ।
जवाफमा उनले भने, ‘एमाले पार्टी विशेषको राष्ट्रपति भन्ने हुन्छ कतै, संविधानमा भावना छ त्यस्तो, संविधानमा त्या कुरो उल्लेख गरेको छ ?’ प्रचण्ड प्रधानमन्त्री बन्दा एमालेले राष्ट्रपति लिने विषयमा सहमति भएको हो वा होइन भन्ने विषयमा उनी मौन रहे ।
तर, राष्ट्रपतिमा एमालेले उठाउने उम्मेदवार मान्नैपर्ने बाध्यता नरहेको उनले बताएका छन । एमालेको उम्मेदवारलाई राष्ट्रपति नमान्दा धोका होला नि भन्ने जिज्ञासामा उनले थपे, ‘कसरी धोका हुन्छ ? संविधानमा दलको प्रतिनिधि राष्ट्रपति बनाउने कुरा छ ? संविधान विपरीत कुरा गर्ने ? संविधान मिच्ने खालको कुरा गर्ने ?’