
काठमाण्डु,८ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नबनाएको सडक बनाएको भन्दै रकम लिएर भ्रष्टाचार गरेको भन्दै दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन इञ्जिनियर सरोजकुमार दाहाल र तत्कालीन सवइञ्जिनियर नविन कुमार विसीमाथि मुद्दा दायर गरेको छ ।
उनीहरुले आपसी मिलेमतो गरी निगालपानी रेग बगौरा सडक निर्माण योजना सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत झुट्टा नापी किताब, उपभोक्ता समितिसम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरी मापदण्ड अनुसार सडक निर्माण भएको भनी बदनियतपूर्वक वास्तविक भए गरेको कार्य लुकाइछिपाइ नभए नगरेको कुरा देखाई भ्रष्टाचार निवारण ऐन, ०५५ को दफा १९ को उपदफा ९२० बमोजिम कसूर गरेको अख्तियारले बताएको छ ।
मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष ०७६ ०७७ मा दैलेखको गुराँस गाउँपालिका ६ स्थित निगालपानी रेग बगौरा सडक निर्माण योजनाको रकम उनीहरुले हिनामिना गरेको अख्तियारको बताएको छ । विशेष अदालतमा दायर मुद्दामा अख्तियारले उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ उपदफा ९२० बमोजिमको सजाय मागदाबी गरेको छ ।