
काठमाण्डु,८ फागुन– प्रहरीले २४ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–३ भण्डारीगाउँ बस्ने ३९ वर्षीय सुभास कार्की रहेका छन ।
बिहीबार बिहान कार्कीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।