
काठमाण्डु,८ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश समिति सभापतिमा डा. अच्युतम लामिछाने विजयी भएका छन् । आइतबार राति सम्पन्न निर्वाचनमा कुल २७९ खसेको मत मध्ये लामिछानेले १५४ मत प्राप्त गरे भने बिकले १२३ मत प्राप्त गरेका थिए ।
२ मत बदर भएको थियो । उनी प्रतिस्पर्धी दिपक बिकले भन्दा ३१ मत बढी ल्याएर विजयी भएका हुन् । आइतबारै राति सभापतिका आकांक्षी ४ जनाबीच पहिलो चरणको निर्वाचन भएको थियो । पहिलो चरणको निर्वाचनमा दिपक बिकले १२३, डा।अच्युतम लामिछानेले ९२, जिता बरालले ४६ र दिनेश हुमागाईले १७ मत प्राप्त प्रप्त गरेका थिए ।
सभापतिका प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा पहिलो र दोस्रो बढी मत ल्याउने उम्मेदवारहरु लामिछाने र बिकबीच प्रतिस्पर्धा भएको थियो । आइतबार साँझ प्रदेश समितिमा ८ जना महिला र ३ जना पुरुषसहित ११ जना प्रत्यक्षतर्फबाट निर्वाचित भएपछि प्रदेश समितिले पूर्णता पाएको थियो ।