
काठमाण्डु,८ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एव प्रधानमन्त्री पुष्पकमाल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
आज (सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र लामिछानेबीच भेटवार्ता भएको लामिछाने निकट एक नेताले जानकारी दिएका छन ।
माओवादी केन्द्रको पदाधिकारी बैठक अघि प्रचण्ड र लामिछानेबीच राष्ट्रपतिको चुनाव र चितवन–२ मा हुने उपनिर्वाचनका विषयमा छलफल भएको बताइएको छ ।
राष्ट्रहितका विषयमा सत्ता गठबन्धनलाई बलियो बनाएर जाने विषयमा पनि छलफल भएको ती नेताले जानकारी दिएका छन ।