बर्षाले सुदूरपश्चिमको जनजिवन प्रभावित

काठमाण्डु टुडे २०७१ साउन ४ गते ५:२९ मा प्रकाशित

ppppकाठमाण्डु, ४ साउन –वर्षाले जनजीवन अस्तव्यस्त पाँच दिनदेखिको निरन्तर वर्षाले बैतडीसहित सुदूरपश्चिमको जनजीवन अस्तव्यस्त बनेको छ ।
जारी बर्षाका कारण सुदूरपश्चिमका बैतडी, दार्चुला, डोटी, डडेल्धुरा, कैलाली, कंचनपूर लगायतका जिल्लाको जनजिवन प्रभावित भएको हो ।
निरन्तर बर्षा हुँदै जाँदा बिभिन्न ठाउँहरुमा बाढी पहिरोको जोखिम बढ्दै गएको छ ।
तराईको अधिकांश भू–भाग डुवानमा परेको छ । पुलको सुबिधा नभएका खोलाहरु वारपार गर्न समस्या भएको छ ।
लगातारको पानीले घर माथिबाट पहिरो जाने क्रम शुरु भएपछि बैतडीको न्वाली गाविसका तीन परिवार विस्थापित

भएका छन । स्थानीय केशव ठगुन्ना, धन सिंह ठगुन्ना र शंकर ठगुन्नाको घर जोखिममा परेका हुन् ।
बर्षायाम सुरु भएसँगै बैतडीका अधिकांश ग्रामिण सडक अवरुद्ध भएका छन् ।
अविरल वर्षाका कारण आएको पहिरोले बैतडीको न्वालीकै वडा नं. ६ मा सडक अवरुद्ध भएको छ । बर्षाका कारण कच्ची बाटोमा ठाउँ ठाउँमा पहिरो गएकोले कच्ची सडकहरुमा यातायात अवरूद्ध भएको र गाडी सञ्चालनमा रोक लगाइएको यातायात व्यवसायीले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us