लाल अयोगको प्रतिवेदन जबसम्म सार्वजनिक हुँदैन तबसम्म सदन चल्न सक्दैन: सांसद चौधरी

काठमाण्डु टुडे २०७९ फागुन ३ गते १३:५७ मा प्रकाशित

काठमाण्डु,३ फागुन– नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले लाल अयोगको प्रतिवेदन सार्वजनिक नगरे सदन अवरुद्ध गर्ने बताएका छन ।

पार्टीका तर्फबाट प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले लाल अयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न माग गरेका छन ।

अन्यथा सदन चल्न नदिने र सडकमा पनि आन्दोलन गर्न बाध्य हुने चौधरीले बताएका छन । उनले भने, ‘लाल अयोगको प्रतिवेदन जबसम्म सार्वजनिक हुँदैन ।

तबसम्म सदन चल्न सक्दैन’। जसपा, लोसपाले पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us