
काठमाण्डु,३ फागुन– कांग्रेसकी सांसद सुशीला थिङले अनागरिकलाई गृहमन्त्री बनाउँदा देशकै शिर निहुरिएको बताएकी छन् । आज मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन ।
उनले अनागरिकलाई गृहमन्त्री काम नेपालको इतिहासकै गम्भीर भूल भएको बताएकी छन् । उनले भनिन्,‘म त्यस्तो जिल्लाबाट प्रतिनिधित्व गरेको छु, जहाँका जनता ब्रिटिस सेनाका अगाडि झुकेनन् तर
यो संसद्बाट नेपालको इतिहासमा नभएको भूल भएको छ,’ , ‘अनागरिकलाई गृहमन्त्री बनाएर शिर निहुर्याउने काम भएको छ, ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३२ दिन उपप्रधान तथा गृहमन्त्री बनेका थिए ।