
काठमाण्डु, २ फागुन–जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले संसद्को आफ्नै टिभी चलाउन बताएका छन । आज (मंगलबार) सिंहदरबारमा बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा सांसद यादवले यतो बताएका हुन ।
उनले नेपालको संसद्को आफ्नै टिभी सञ्चालन गर्नुपर्ने बताएका छन । संसद्को शून्य समय र विषय समयमा सांसदहरूले बोलेका कुरा जनतासमक्ष प्रभावकारी ढङ्गले जान नसकेको भन्दै उनले नियमावलीमा संसद्को टिभी सञ्चालनको व्यवस्था गर्ने नियम राख्न आग्रह गरेका छन ।
उनले भने, ‘भारतमा पनि विधान सभा र लोकसभाको आफ्नै टिभी छ । हाम्रो संसद्मा बोलेको कुरा दुई चार जनाको मात्र समाचारमा जान्छ । हाम्रो पनि प्रतिनिधि सभा र राष्ट्रिय सभाको टिभीको व्यवस्था गर्नुपर्यो ।
ठुला नेताले बोलेको कुरा मात्र समाचारमा जान्छ । सबैको कुरा जनतासमक्ष पुर्याउन आफ्नै टिभीको आवश्यक छ । यस्तै उनले संसद्को पोसाक सभामुखले निर्धारण गरेबमोजिम हुने भन्ने व्यवस्था नगर्न आग्रह गरे ।